+

अर्का ओलम्पियनले गरे इजरायली खेलाडीसँग खेल्न अस्वीकार

२०७८ साउन  १२ गते १५:२६ २०७८ साउन १२ गते १५:२६
अर्का ओलम्पियनले गरे इजरायली खेलाडीसँग खेल्न अस्वीकार

१२ साउन, काठमाडौं । जापानको राजधानी सहर टोकियोमा जारी ओलम्पिकमा सुडानका जुडो खेलाडी मोहम्मद अब्दुलरसुलले इजरायली खेलाडीसँग खेल्न अस्वीकार गरेका छन् ।

इजरायली खेलाडी तोहार बुत्बुलसँग आमने सामने हुने भएसँगै अब्दुलरसुलले आफ्नो नाम फिर्ता लिएका हुन् । ७२ केजीको समूहको अन्तिम १६ को खेलमा अब्दुलरसुलले इजरायली खेलाडीसँग खेल्न अस्वीकार गरेका हुन् ।

अधिकारिकरुपमा उनले आफ्नो काँधको चोटको कारण नाम फिर्ता लिएको बताएका छन् । तर, अन्तिम समयमा आएर नाम फिर्ता लिनुले भने आशंका बढाएको छ । यसअघि अल्जेरियाका फेती नौरिनेले बुत्बुलको सामना गर्नुपर्ने भएसँगै आफ्नो नाम फिर्ता लिएका थिए । उनले प्यालेस्टाइनको समर्थनमा इजरायली खेलाडीसँग प्रतिस्पर्धा त्याग्ने निर्णय गरेको बताएका थिए ।

अल्जेरियाले इजरायलसँग दौत्य सम्बन्ध कायम भएको छैन । तर, सुडानको भने इजरायलसँग दौत्य सम्बन्ध कायम छ । गत जनवरीमा सुडानले इजरायलसँग दौत्य सम्बन्ध कायम गरेको थियो तर यो निर्णयको सुडानमा भने व्यापक विरोध भएको थियो ।

‘कहिलेकाहीँ जुडोमा यस्ता घटनाहरु हुन्छन् । यो मेरो लागि नौलो कुरा होइन । यस्ता घटनाहरु इजरायली एथ्लेटहरुसँग हुँदै आएको छ तर म राजनीतिको विषयमा बहस गर्न चाहन्नँ’, इजरायली खेलाडी बुत्बुलले भने ।

एजेन्सीहरुको सहयोगमा

ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय