+

मधुमेहमा पनि गुलियो खान सकिन्छ, यी हुन् विकल्प

२०७८ साउन  १३ गते ९:३७ २०७८ साउन १३ गते ९:३७
मधुमेहमा पनि गुलियो खान सकिन्छ, यी हुन् विकल्प

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ४२ करोड ५०  लाख जना मधुमेहको समस्याबाट पीडित छन् । मधुमेह एक नसर्ने रोग हो । तर पनि यो रोग विभिन्न रोग निम्त्याउने कारक भने बन्न सक्छ । कोरोना भाइरसको महामारीको क्रममा मधुमेह, उच्च रक्तचाप लगायतका बिरामी कोरोनाको उच्च जोखिममा रहेको बताइयो । जसका कारण पनि मधुमेहको दीर्घकालीन असरको बारेमा धेरै जानकार मानिन्छन् ।

मधुमेहलाई गाउँघरमा चिनी रोग पनि भनिन्छ । खासगरी मधुमेह भएको अवस्थामा चिनीजन्य खानेकुरा खान नहुने चिकित्सकहरु सुझाउँछन् । यद्यपि अरु माध्यामबाट गुलियो स्वाद लिन सकिन्छ । यसका थुप्रै विकल्प छन् ।

मधुमेहमा चिनी एवं चिनीजन्य खानेकुराबाट बच्नु नै मधुमेहको उत्तम उपाय हो । तर के मधुमेहका बिरामीहरुले कुनै पनि गुलियो खानेकुरा खानु हुँदैन त ? त्यो भने होइन । बजारमा मधुमेहको बिरामीको लागि पनि विभिन्न किसिमका खानेकुरा पाउने गरिन्छ । जसमा गुलियो पदार्थ पनि मिसिएको पाइन्छ ।

यदि मधुमेहको लक्षण देखियो भने सबैभन्दा पहिले यसको रोकथामका लागि गुलियो पदार्थ खान छाड्नु नै उचित हुन्छ । अन्यथा जीवनको जोखिम बढ्न सक्छ । एकपटक मधुमेहको स्थिति बिग्रिएपछि पुनः त्यसको अवस्था फर्काउन कठिन हुन्छ । तर पछि बिस्तारै मधुमेहबाट बच्दै केही गुलियो पदार्थ पनि खान सकिन्छ ।

प्राकृतिक मह

कच्चा वा जंगली मह विश्वभर मनपर्ने स्वीटनरहरू मध्ये एक हो । यो केवल एक मिठाई हो । तर यसमा भिटामिन बी, एन्जाइम, जिंक, फलाम, क्याल्सियम, पोटासियम, एन्टी–अक्सिडेन्ट, फस्फोरस, नियासिन र राइबोफ्लेभिनको राम्रो मात्राले यो स्वस्थ खानेकुरा बन्छ । यी सबै पोषक तत्वहरू ग्यास्ट्रोइन्टेस्टाइनल प्रणालीमा पाइने ब्याक्टेरियालाई उत्तेजित पार्न सक्षम हुन्छ ।

छोकडा

परापूर्वकालदेखि नै छोकडा  र त्यसबाट बन्ने गुलियो मिठाई धेरैको रोजाइमा पर्दै आएको छ । यसमा धेरै पोषक तत्वहरू समावेश हुन्छन् । जस्तै, म्याग्नेसियम, भिटामिन बी, पोटासियम, तामा, म्यागेनिज र फलाम आदि । यसको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको स्तर नियमित गर्छ । साथसाथै कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको अवशोषणमा मद्दत गर्छ ।

स्टेभिया

पेय पदार्थमा मिठास जोड्नको लागि यस रुखको प्रयोग सदियौंदेखि एक प्राकृतिक स्वीट्नरको रुपमा हुने गरेको छ । यसको पातमा मिठास हुने गर्छ । यो वजन कम गर्ने प्रयोजनको लागि पनि प्रयोग गरिन्छ । चिकित्सकहरु यसको कुनै साइड इफेक्ट नहुने बताउँछन् । यसमा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा पनि बढी हुँदैन ।

कोकोनट सुगर

नरिवल विभिन्न शारीरिक लाभ र प्रयोगको लागि परिचित छ । नरिवलमा हुने पानीमा फलाम, पोटासियम, क्याल्सियम, जिंक र एन्टी–अक्सिडेन्ट इत्यादि खनिजहरूको प्रचुर मात्रामा हुने गर्छ । नरिवल विश्वको लगभग सबै ठाउँमा प्रशस्त मात्रामा उब्जाउ हुने खानेकुरा हो । त्यसैले पनि यो सर्वसुलभ र बढी प्रभावकारी खानेकुराको रुपमा चिनिन्छ ।

बनाना पेस्ट

केरामा फाइबर र पोटासियमको साथ भिटामिन बी र भिटामिन सीको पर्याप्त मात्रा पाइन्छ । यही पौष्टिक तत्वका कारण केराको परिकार पारम्परिक खानामा बढी प्रयोग हुने गरेको पाइन्छ ।

मेपल सिरप

हालसालै म्यापल सिरप विश्वभरि प्रख्यात प्राकृतिक स्वीटनरको रूपमा प्रयोग भइरहेको छ । यो सिरप पौष्टिक तत्वमा धनी छ, जसमा म्यागाजिन एन्टि–अक्सिडेन्ट्स, जिंक, क्याल्सियम, फलाम र पोटासियम जस्ता पौष्टिक तत्व पाइन्छ ।

आर्टिफिसियल स्वीटनर

खाजा र पेय पदार्थमा प्रयोग गरिने सबैभन्दा मनपराइएको गुलियो पदार्थ हो, आर्टिफिसियल स्वीट्नर । यस्तो स्वीटनर दैनिक जीवनमा प्रयोग गरिने चिनीभन्दा उपयुक्त र स्वादिष्ट पनि हुन्छ । यसमा नगण्य मात्रामा क्यालोरी हुन्छ । यही कारण हो कि आजको दिनमा यो चर्चाको विषय बनेको छ । यसलाई वजन कम गर्न पनि प्रयोग गर्ने गरिन्छ । मधुमेह बिरामीहरूले मिठाइको तृष्णा कम गर्न पनि सहयोगी सिद्ध हुन सक्छ ।

मधुमेह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग