+
+

१६ भदौबाट पोखरा-सिमरा रुटमा नियमित हवाई उडान  

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १६:२८

४ भदौ, काठमाडौं । पोखराबाट अब सिमराका लागि नियमित हवाई उडान हुने भएको छ । बुद्ध एयरले पोखराबाट क्षेत्रीय उडान बिस्तार गर्ने क्रममा अब सिमरामा उडान बिस्तार गर्न लागेको हो ।

१६ भदौबाट पोखरा-सिमरा रुटमा उडान हुने कम्पनीले जनाएको छ । बुद्धले यसअघि पोखराबाट भैरहवा, भरतपुर (चितवन) र नेपालगञ्जलाई हवाई संजालबाट जोडिसकेको छ ।

आगामी १ सेप्टेम्बर अर्थात भदौ १६ गतेबाट कम्पनीले पोखराबाट सिमरा (वीरगञ्ज) को सिधा उडान गर्न लागेको जनाएको छ । यो रुटमा शुरुवातमा साताको ३ दिन अर्थात् आईतबार, बुधबार र शुक्रवार उडान हुने भएको छ ।

त्यसपछि भने यात्रुको माग अनुसार कम्पनीले दैनिक उडानको योजना बनाएको छ । पोखराबाट-सिमरा १२:२० र सिमराबाट-पोखराको उडान १३:१५ बजे तोकिएको छ ।

यस उडानबाट दुबै प्रदेश तथा शहरका जनता लभान्वित हुने कम्पनीको भनाई छ । यो उडानबाट दुबै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने कम्पनीका  बजार निर्देशक रुपेश जोशीले बताएका छन् । सिमरा/वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्ने कम्पनीको भनाई छ । सिमरा/वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

सिमरा/वीरगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकषिर्त हुने बताइएको छ ।

प्याकेजमा समेत जान सकिने

बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज समेत ल्याएको छ । सिमरा-पोखरा प्याकेजका लागि रु. १० हजार ९९९ मा २ रात ३ दिनको प्याकेज बिक्री थालिएको छ ।

जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?