+
+

गण्डकीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १८:२२

१० भदौ, पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीप्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका मात्रै ६ जनासहित तनहुँ, म्याग्दी र पर्वतका १-१ जना छन् ।

कोरोनाबाट मृत्यु हुनेमा ४ पुरुष र ५ महिला छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्की पोखरा महानगर १३ का ९२ वर्षीय पुरुष र ४३ वर्षीय महिला, पोखरा ३२ का ४२ वर्षीय महिला, पोखरा १४ का ६८ वर्षीय महिला, पोखरा १६ का ७९ वर्षीय महिला छन् । पोखरा २६ का ५८ वर्षीय पुरुष छन् ।

त्यस्तै पर्वत मोदी गाउँपालिका ५ का ६६ वर्षीय संक्रमित महिला, म्याग्दी बेनी नगरपालिका ६ का ८२ वर्षीय पुरुष र तनुहुँ शुक्लागण्डकीका ३३ वर्षीय पुरुष छन् । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २६८ पुगेको छ । पछिल्लो बैशाखयतामात्रै गण्डकीमा १ हजार बढी संक्रमितले ज्यान गुमाएका हुन् ।

कोरोना महामारीको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित कास्की हुन पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेमा कास्कीकामात्रै ५ सय ४८ जना छन् । कास्कीमा अझै १ हजार ७७३ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

निर्देशनालयका अनुसार कास्कीमा मात्रै संक्रमणदर ३९.७९ प्रतिशत छ । नवलपुरको १२.७२, स्याङजाको ८.०८ र तनहुँको ७.९१ छ । प्रदेशभरमै सबैभन्दा कम संक्रमणदर मनाङमा छ । मनाङमा ०.१९ प्रतिशतमात्रै संक्रमणदर छ ।

कोरोना संक्रमण र मृत्युदर बढेपछि कास्कीमा निषेधाज्ञामा कडाइ गरिएको छ । भदौ ४ गतेदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । बुधबार बसेको जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिको बैठकले संक्रमण नघटेको भन्दै जेठ १८ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ ।

निर्देशनालयका अनुसार गण्डकीमा अझै ४ हजार ६१ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये २ सय ८९ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये अधिकांशको अवस्था गम्भीर छ । उनीहरुको हाइफलोयुक्त शय्यामा उपचार भइरहेको छ ।

निर्देशनालयका आपतकालीन कार्य सञ्चलालन केन्द्र संयोजक नवराज शर्माका अनुसार गण्डकीभर सक्रिय संक्रमितमध्ये १ सय ७३ जना हाइफलोयुक्त शय्यामा उपचार भइरहेको छ । ११ जना संक्रमितको भेन्टिलेटर र ७१ जना संक्रमितको आइसियूमा उपचाररत छन् ।

संक्रमण बढेपनि पछिल्लो हप्तादेखि गण्डकीमा कोरोनाबाट निको हुनेको संख्या पनि त्यही अनुपातमा बृद्धि भएको छ । पछिल्लो २४ घन्टामा ३ सय २८ जनामा संक्रमण पुष्टि हुँदा ५ सय ५६ जना संक्रमित निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?