
२५ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेता जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने शंका व्यक्त गरेका छन् ।
आइतबार राति ट्विट गर्दै भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ उनले लेखेका छन् ।
कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!
— Baburam Bhattarai (@brb1954) August 8, 2021
पहिलो भेरिएन्टले संविधानको सशरीर हत्या गर्नै लागेको र दोश्रोले संविधानको आत्मा मार्ने गरी आउनसक्ने उनको भनाइ छ ।
अध्यक्ष भट्टराईले अहिले नै ढुक्क भएर आ-आफ्ना पार्टी वा गुटतिर नफर्कन नेताहरुलाई सुझावसमेत दिएका छन् ।
प्रतिक्रिया 4