Comments Add Comment

अख्तियारले मलाई फसायो : गच्छदार

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई फसाएको दाबी गरेका छन् ।

विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका गच्छदार बुधबार विश्व आदिवासी दिवसको अवसर आयोजित कार्यक्रममा वक्ता थिए । सम्बोधनका क्रममा गच्छदारले आफ्नो राजनीतिक इतिहास मेटाउन भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाए ।

आफूलाई तह लगाउने नाममा राज्यको एउटा अंगले सनकको भरमा मुद्दा चलाएको उनको दाबी छ ।

उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँड्छ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो र ? त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र ?’

अख्तियारको दाह्रा हाल्ने काम आफूहरुले नै गरेको भन्दै उनले त्यसलाई अब सच्याउनुपर्ने बताए । संविधान निर्माण त त्रुटि भएको छ भने कानून बनाउँदा पनि हुने भन्दै गच्छदारले भने, ‘त्यो कमी कमजोरीको लेखाजोखा कांग्रेसले गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment