+
+

एकीकृत समाजवादी दैलेखका अध्यक्ष योगीलाई पार्टीमा फर्कन एमालेको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १४:२२

१८ भदौ, सुर्खेत ।  नेकपा एकीकृत समाजवादी दैलेखका अध्यक्ष बरुणनाथ योगीलाई नेकपा एमाले दैलेखले पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरेको छ । केन्द्रीय कमिटी बैठकले एमालेका सम्पूर्ण संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएको भन्दै एमालेले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरेको हो ।

एमाले दैलेखका अध्यक्ष रविन्द्रनाथ शर्माले योगीलाई पठाएको पत्रमा भनिएको छ, ‘भदौ १० गतेको केन्द्रीय कमिटी बैठकले मातहतका सबै कमिटीहरू २०७५ जेठ २ गतेकै संरचनामा कायम गर्ने निर्णय गर्‍यो । २०७८ साल भदौ १७ गतेको जिल्ला कमिटी सचिवालय बैठकले केन्द्रको उक्त निर्णय लागू गर्ने जनाएको छ ।’ एमालेले यसअघि गरेको सम्पूर्ण कारबाही पनि निष्क्रिय गरिएको पत्रमा उल्लेख छ ।

एमालेको नवौं महाधिवेशनमा दैलेखको उपाध्यक्षमा पराजित योगी तत्कालीन नेकपाको जिल्ला कमिटी सदस्य थिए । एमालेभित्र विवाद चर्किंदै गर्दा वैशाख १३ गते योगीको नेतृत्वमा नेपाल समूहले जिल्लामा समानान्तर कमिटी गठन गरेको थियो ।

माधवकुमार नेपाल एमालेबाट छुट्टिएपछि समानान्तर कमिटी समाजवादीमा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?