
२८ भदौ, काठमाडौं । नेकपा एमालेका सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भएको छ ।
सोमबार नेकपा एमालेका सांसदले उठेर विरोध गरिरहेका बेला अध्यक्ष गणेश तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित लोकसेवा आयोगसम्बन्धी विधेयक बैठकमा पेश गर्न अनुमति दिए ।
त्यसपछि बैठकमा एकीकृत समाजवादीका सांसद ठगेन्द्रप्रकाश पुरीले लोकसेवा आयोगसम्बन्धी प्रतिवेदन पेश गरे । बैठकको सुरुमा नै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
तर अध्यक्ष गणेश तिमिल्सिनाले एमाले सांसदलाई ‘यहाँको कुरा सम्बन्धित सबैलाई जानकारी छ । ढिलो चाँडो निकास पनि आउनेनै छ’ भन्दै बैठक अघि बढाएका हुन् । विधेयकको प्रतिवेदन पेश गरेपछि सोमबारको राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4