+
+

१४ सांसदबारे ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १६:३६

४ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीका विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार कुनै आदेश आएन ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दाेहर्दैमा राखिएको छ । यसको सुनुवाइ मंगलबार हुनेछ । नेकपा एमालेले १४ सांसदलाई गरेको दल निष्कासनको कारवाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर हुनुपर्ने माग राखी अध्यक्ष ओलीले सर्वोच्चमा रिट दिएका थिए ।

यसैसँग सम्बन्धित अर्को  रिटमा ओलीले ती १४ सांसदको हस्ताक्षर समावेश गरी नेकपा एकीकृत दर्ता भएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाई अर्को रिट दायर गरेका थिए । दुबै रिट सँगै सुनुवाइ भइरहेको छ ।

यी रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै भदौ २८ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । तर  भदौ २८ गते न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिए पनि हेर्न नभ्याइनेमा परेर सुनुवाइ हुन सकेको थिएन ।

त्यसपछि यस रिटमा सोमबार सुनुवाइ भएको हो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?