+
+

लिग २ : सिरिजको अन्तिम खेलमा ओमानले अमेरिकालाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १०:४१

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली ओमानले अमेरिकालाई ७२ रनले पराजित गरेको छ ।

ओमानले दिएको २७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.५ ओभरमा सबै विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि मोनाक पटेलले सर्वाधिक ५६ रन बनाउदा गजानन्द सिंहले ४८ रन जोडे । बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा अमेरिका १० ओभर अगावै अलआउट भयो ।

ओमानका आयान खानले ४ र खाँवर खलीले ३ विकेट लिए ।

त्यसअघि मस्कटस्थित अल अमरेत क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ५३ रन बनाए । यस्तै जतिन्दर सिंहले ४२, आयान खानले ४१ तथा प्रुथ्वीकुमार माची र सन्दीप गौडले समान २५ रन बनाए । नसिम खुशीले अविजित ३५ रन जोड्दा कलिमुल्लाह १६ रनमा अविजित रहे ।

अमेरिकाका नोस्थुस केन्जिगेले तीन विकेट लिए ।

सिरिजमा ओमानले ४ मध्ये तीन खेल जित्दा अमेरिकाले भने तीन खेलमा हार बेहोर्‍यो । ओमानले तीन खेल जित्दै ६ अंक जोड्यो भने नेपालले २ खेल जितेर चार अंक जोड्यो । अमेरिकाले १ जितबाट २ अंक मात्र जोड्न सक्यो ।

लिग २ को अंकतालिकामा ओमान १४ खेलबाट २२ अंकसहित शीर्ष स्थानमा छ । १६ खेल खेलेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ।

८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा छ भने ८ खेलबाट ८ अंक नै जोडेको नेपाल चौथो स्थानमा छ । ओमानमा २ खेल जितेपछि नेपाल छैटौं स्थानबाट दुई स्थान फड्को मार्दै चौथो स्थानमा उक्लेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?