Comments Add Comment

पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

५ असोज, सप्तरी । सप्तरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिवका-३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

खडक नगरपालिका-६ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१४च ६२७९ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको ना.३७प ३८९४ नम्बरको मोटरसाइकल आपसका ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment