+
+

भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १२:५३

नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताएका छन् । नायिका गौरी मल्ललाई ‘महानायिका’ भन्दै शिवले घुमाउरो शैलीमा भुवनलाई ‘महानायक’ बताए । शिवले भने–‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो ।’

आज चलचित्र क्षेत्रको माहोल बन्नुमा भुवन केसीको ठूलो हात रहेको भन्दै शिवले केसीप्रति गर्व गर्नुपर्ने बताए । भने–‘त्यतिबेला कोही मान्छे जन्मिएको थिएन जतिबेला चलचित्र क्षेत्र धरापमा परेको बेला भुवनले करोडपति चलचित्र लिएर आउनुभयो । उहाँले करोडपति चलचित्र नल्याएको भए यो क्षेत्र सखाप भैसक्थ्यो ।’

आजसम्म चलचित्र क्षेत्रका लागि कसैले दिन नसकेको योगदान भुवन केसीले दिएको शिवको भनाई छ । उनले भने–‘पहिले आफै चलचित्र बनाएर हजारौंलाई रोजागरी दिनुभयो । आज फेरि चलचित्र क्षेत्रका लागि अनमोल केसी जन्माउनुभयो । मेरो छोरा पनि हिरो हो । तर, हिरो र कलाकारमा फरक हुन्छ । अनमोल केसी हिरो हो । आज हेर्नुहोस् त अनमोल केसी आएपछि चलचित्र क्षेत्रमा के–के भएको छ ।’

शिवले भुवनको प्रशंसा गर्दै गर्दा भुवनले शिव श्रेष्ठ चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?