+
+

इन्भेष्टर्स फोरमले भन्यो– ८ खर्ब गुमिसक्यो, नीति सच्याइयोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १४:४९
फाइल तस्वीरः पुँजी बजार विकास र विस्तारका लागि भन्दै आन्दोलनमा सहभागी लगानीकर्ताहरु नेप्सको कार्यालय अगाडि ।

१८ असोज, काठमाडौं । शेयर बजारका लागनीकर्ताहरुको पुरानो संगठन नेपाल इन्भेष्टर्स फोरमले लगानीकर्ताहरुको ठूलो पुँजी गुमेको भन्दै नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।

फोरमका अध्यक्ष तुलसीराम ढकालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई समस्यामा पार्ने खालका नीतिहरु पुनरावलोकन गर्न आग्रह गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले शेयर धितोमा एक बैंक तथा वित्तीय संस्थाले ४ करोड भन्दा बढी दिन नमिल्ने नीति बनाएको छ । एक व्यक्तिले पनि जम्मा १२ करोड रुपैयाँ भन्दा बढी ऋण लिन समेत नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको नीतिका कारण बजारलाई निकै ठूलो असर गरेको फोरमको भनाइ छ । राष्ट्र बैंकको नीति आउनु अघि शेयर बजारको कुल पुँजीकरण ४४ अर्ब रुपैयाँ थियो । यो घटेर अहिले ३६ खर्ब हाराहारीमा झरेको छ ।

छाेटो समयमा लगानीकर्ताहरुले ८ खर्ब रुपैयाँ गुमाएको भन्दै फोरमले यथासक्दो नीतिगत सुधारहरु गर्न आग्रह गरेको छ । शेयर बजारलाई थप विस्वसनीय बनाउनका लागि भन्दै फोरमले ५ बुँदै माग अघि सारेको छ ।

‘राष्ट्र बैंकको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंक तथा वित्तीय स.स्थाबाट १२ करोडको सीमा तोकेर लगानी गर्ने नियम बनारु लगानीकलाई निरुत्साहित गरेका कारण उक्त नियम तुरुन्त खारेज गरियोस्’ अध्यक्ष ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ ब्रोकर कम्पनीहरु खोली वाणिज्य बै.कका सहायक कम्पनीहरुलाई समेत ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरमार्फत हुने मार्जिन कर्जा यथाशिघ्र उपलब्ध गराउनु पर्ने साथै ब्रोकर कमिशन घटाउनु पर्ने नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डमा चाडो भन्दा चाडो नेतृत्व ल्याउनु पर्ने माग फोरमले अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?