+
+

अफगानिस्तानका लागि एक बिलियन युरो सहयोग गर्ने युरोपीय संघको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १९:५६

काठमाडौं । युरोपीय संघले अफगानिस्तानलाई एक बिलियन युरोभन्दा बढी सहयोग गर्ने भएको छ । यो रकम तालिबानको अन्तरिम सरकारको सट्टा त्यहाँ काम गरिरहेका अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत अफगान जनताका लागि खर्च गरिनेछ ।

संघकी प्रमुख उर्सला भान डेर लेयनले यो सहयोग मानवीय एवं समाजिक आर्थिक संरचनालाई बर्बाद हुनबाट रोक्न भएको बताएकी छन् । अफगानिस्तानलाई मदत गर्न आफूहरुको शर्त प्रष्ट रहेको भन्दै उनले भनिन्, ‘तर तालिबानको गतिविधिको मूल्य अफगान नागरिकले चुकाउन नपरोस् । त्यो मदत अफगान नागरिकका लागि हो ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानिस्तानमा मानवीय सहयताका लागि ३० करोड युरो यसअघि नै घोषणा भएको थियो । अब २५ करोड युरो थप दिइने छ । बाँकी रकम छिमेकी देशहरुलाई दिइनेछ, जहाँ तालिबान सत्तामा आएपछि अफगान नागरिकले शरण लिएका छन् ।

इटलीमा भएको जी–२० शिखर सम्मेलनका क्रममा भान डेर लेयनले बताएअनुसार ईयूको रकम अफगानिस्तानमा सिधा सहयोगका रुपमा त्यहाँ कम गरिरहेका अन्तर्राष्ट्रिय संस्थाको माध्यमबाट जानेछ । तालिबान सरकारलाई दिइने छैन ।
‘अफगानिस्तानमा बढ्दो मानवीय संकट र सामाजिक आर्थिक पतन रोक्न हामी जे पनि गर्न सक्छौं र गर्न पनि पर्छ,’ भान डेर लेयनले ट्वीट गर्दै भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?