+
+

सवारी दुर्घटनाका घाइतेको सरकारले निः शुल्क उपचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते १८:१४

२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटना पछि गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गराउने जानकारी गराएकाे हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्‍यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै सवारी दुर्घटनामा ज्‍यान गुमाउनेहरुको अन्त्‍येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?