+
+

पिपलामोडमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते ९:१८

२ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।

आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए । ‘सुरुमा पैदल हिंडेर पनि वारिपारी गर्न सकिने अवस्था थिएन । अहिले भने सडक खुलेपछि अवस्था सामान्य छ,’ उनले भने । रातिको बेला दुर्घटना भएकाले गाडीहरुको चाप नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?