+
+

कर्णालीको बाढीले कैलालीका ५० घर डुबानमा, रानीजमरा सिँचाइ आयोजना क्षतिग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १७:०५

२ कात्तिक, धनगढी। कैलालीमा कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । जिल्लाको जानकी गाउँपालिका–९ पाताभारमा रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरबाट पानी ओभर भएर बस्तीमा पसेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीको पानी बस्तीमा पस्दा झण्डै ५० घर डुबानमा परेको जानकारी दिए।

डुबानमा परेका घरमा बसेका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ भने कर्णाली नदीले रानीजमरा कुलरिया सिँचाई आयोजनामा पनि क्षति पुगाएको छ ।

जोशीका अनुसार नदीमा पानीको बाहव बढ्दा जानकी गाँउपालिका-९ को पुर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथी बनेको चार वटा सल्यापमा क्षति गरेको छ भने पूर्व तिरको पुलको सल्याप भत्केर आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?