
काठमाडौं । लक्ष्मी बैंकले संखुवासभाको खाँदबारी नगरपालिका–१ मा आफ्नो शाखा विस्तार गरेको छ ।
खाँदबारीको सजक टोलमा रहेको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4