+
+

सीसँग कुरा गरेपछि बाइडेनले भने : ‘एक चीन नीति’प्रति प्रतिबद्ध छौं

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘एक चीन नीति’प्रति आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार चिनियाँ समकक्षी सी जिनपिङसँग भएको लामो भर्चुअल बैठकपछि बाइडेनले अमेरिका ‘एक चीन नीतिप्रति’ प्रतिबद्ध रहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १३:११

३० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘एक चीन नीति’प्रति आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार चिनियाँ समकक्षी सी जिनपिङसँग भएको लामो भर्चुअल बैठकपछि बाइडेनले अमेरिका ‘एक चीन नीतिप्रति’ प्रतिबद्ध रहेको बताएका हुन् ।

अमेरिकाले ताइवानसम्बन्धी ऐन बमोजिम ‘एक चीन नीति’को समर्थन गर्ने र उक्त क्षेत्रको यथा अवस्था परिवर्तन गर्ने कुनै पनि कदमको विरोध गर्ने उनको भनाइ थियो ।

‘हामीले आफ्नो नीतिमा बिल्कुल परिवर्तन गर्ने छैनौं’, न्यु ह्यामसायरमा आयोजित एक कार्यक्रममा बोल्दै बाइडेनले भने, ‘हामीले ताइवान सम्बन्धी ऐन (ताइवान रिलेसन्स एक्ट) लाई समर्थन गर्छौं भनेर प्रस्ट पारेका छौं र यो नै महत्वपूर्ण कुरा हो ।’

त्यस्तै, बाइडेनले स्वतन्त्र हुने ताइवानी आकांक्षालाई अमेरिकाले समर्थन गरिरहेको दाबी समेत अस्वीकार गरेका छन् ।

‘यो विषय हामीले होइन, ताइवानले नै निर्णय गर्ने विषय हो’, उनले भने, ‘हामीले स्वतन्त्रतालाई प्रोत्साहन गरेका छैनौं बरु ताइवानसम्बन्धी ऐनबमोजिम नै उनीहरूले गतिविधि गर्नुपर्ने कुरालाई प्रोत्साहन गरिरहेका छौं ।’

सन् १९७९ मा लागू भएको ताइवानसम्बन्धी ऐनमा उक्त टापू र अमेरिकाबीचको सम्बन्धलाई परिभाषित गरिएको छ । तर ऐनले ताइवानको आधिकारिक नाम ‘गणतन्त्र चीन’लाई मान्यता दिएको छैन भने अमेरिका र ताइवानबीच अनौपचारिक कूटनीतिक सम्बन्ध हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?