+
+
Shares

…त्यसपछि विमानस्थलमा दुई युवकको भित्रीवस्त्रबाट २ किलो सुन बरामद भयो

बरामद धातुको ९८ प्रतिशत सुन भएको पुष्टि भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोला बताउँछन् । उनका अनुसार बाँकी रहेको थोरै वस्तु चाहिँ सुन पगाल्न प्रयोग भएको ‘सल्फर’ नामक केमिकल हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १९:४४

३ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सको जहाजमार्फत शुक्रबार बिहान ९ : ४५ बजे सिराहाका सरोज शहनी र दाङका सीताराम चौधरी यूएईबाट काठमाडौं आर्लिए । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट निस्किँदै गर्दा उनीहरुको हिँडाइ अस्वभाविक देखियो ।

‘त्यसै त दूबईबाट आउने भनेपछि सबैमाथि शंका हुन्छ’ विमानस्थलमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसमाथि हिँडाइ शंकास्पद लागेपछि बोलाएर सोधपुछ गर्दा बोली नै लरबराएको थियो ।’

ती अधिकृतका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर आउनेलाई तस्कर समूहले मलद्वारमा लुकाएर पनि सुन ओसारपसारमा प्रयोग गरेका थुप्रै घटना छन् । त्यसैले प्रहरीले उनीहरुमाथि केरकार गरिरहेको थियो ।

‘दुई जनाको पछाडिपट्टी पोका जस्तो देखिएपछि शौचालयमा ल्याएर जाँच गर्‍यौं’ उनी भन्छन्, ‘सुरुमा भित्री वस्त्रमा पहेँलो गिलो कुरा देख्दा हेर्न पनि अफ्ठ्यारो भयो, तर दुवै जनासँग उस्तै चिज देख्दा सुनको आशंका भइहाल्यो ।’

लगत्तै नियन्त्रणमा लिएर परीक्षणका लागि भन्सार कार्यालय पठाइएको थियो । त्यसक्रममा बरामद धातुको ९८ प्रतिशत सुन भएको पुष्टि भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोला बताउँछन् । उनका अनुसार बाँकी रहेको थोरै वस्तु चाहिँ सुन पगाल्न प्रयोग भएको ‘सल्फर’ नामक केमिकल हो ।

हालसम्मको अनुसन्धानले उनीहरु सुन ल्याउन प्रयोग भएको भरिया मात्र हुनसक्ने देखाउँछ । ‘ल्याउने जिम्मा मात्र दिइएको जस्तो देखिन्छ, कसले रिसिभ गर्ने हो खुलेको छैन’ बाँस्तोलाले भने, ‘त्यही पनि अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार पक्राउ पर्ने दुवैजना एक महीनाअघि मात्र युएई गएका हुन्, त्यसैले उनीहरुलाई सुन ओसार्ने प्रयोजनकै लागि मात्र पठाएको पनि हुनसक्ने आशंका गरिएको छ । विस्तृत अनुसन्धान जारी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?