+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

घुस लिने सब इन्जिनियर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय काठमाडौं सब इन्जिनियर दिपेन्द्र कुमार केसीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १६:२५

६ मंसिर, काठमाडौं। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय काठमाडौं सब इन्जिनियर दिपेन्द्र कुमार केसीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर केसीविरुद्ध २ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

इन्जिनियर केसीले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको उजुरीको आधारमा अख्तियारको टोलीले २०७८ असोज १९ गते उनलाई पक्राउ गरेको थियो ।

आयोगले उनलाई २ लाख बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?