+
+

सिन्धुपाल्चोकमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १७:२१

६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-१० पिप्ले घर भई हाल सोही ठाउँस्थित मेरो माईक्रो फाईनान्समा काम गर्ने २३ वर्षीय बासु बस्नेत रहेका छन् ।

मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बा.४ ख ७७६६ नम्बरको बसले बागमती प्रदेश ०२-०२० प ८११४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो ।

ठक्कदर दिने बस चालक फरार भएका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment