+

बेन्जिमा दोषी ठहर, एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवाना

२०७८ मंसिर  ८ गते १५:४४ २०७८ मंसिर ८ गते १५:४४
बेन्जिमा दोषी ठहर, एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवाना

८ मंसिर, काठमाडौं । सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा फ्रान्स तथा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर भएका छन् ।

उनलाई एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवानाको सजाय सुनाइएको बीबीसीले जनाएको छ । म्याथ्यू भाल्बुएना लगायतका खेलाडीलाई ब्लाकमेल गरेको आरोपमा बेन्जिमासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।

यो २०१५ जुनको घटना हो, जतिबेला बेन्जिमा र म्याथ्यू दुबै फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षणमा थिए । बेन्जिमाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । त्यो घटनापछि फ्रान्सको राष्ट्रिय टोलीबाट समेत बाहिर भएका बेन्जिमाले हालै मात्र पुनरागमन गरेका थिए ।

अपराध फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय