+
+

सुवास नेम्वाङले किन छाडे वरिष्ठ उपाध्यक्षको दाबी ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ मंसिर १३ गते १२:२०

१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीलाई महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलमध्ये एकलाई रोज्न केपी शर्मा ओलीलाई जति कठिन थियो, वरिष्ठ उपाध्यक्ष चयन गर्न पनि त्यति नै गाह्रो थियो ।

वरिष्ठ उपाध्यक्षका लागि निवर्तमान महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दाबेदार थिए । ओली पछिको नेता बन्ने होडमा पोखरेल र नेम्वाङको दूरी निकै बढेको थियो । पोखरेलले वकिलले पार्टी चलाउँछ र ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले चुनाव लड्न चुनौती मात्र दिएनन्, ओलीलाई तपाईंबाहेक अरुलाई नेता नमान्ने सन्देश पठाएका थिए ।

तर पदाधिकारीमध्ये त्यही वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध भएको छ । ओलीले सोमबार मध्यारातमा बन्दसत्रमा पेश गरेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको मात्र उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको नेम्वाङले बताएका छन् ।

उनको भनाइ जस्ताको तस्तै

वरिष्ठमा दाबी गरेको होइन । सबैले उठ भनिरहेका छन्, त्यसैले चुनावमा उठ्नुपर्यो भने वरिष्ठ उपाध्यक्षमा उठ्छु भनेको थिएँ । तर त्यतिबेला नै मैले भनेको थिएँ, यो पार्टीका लागि यतिबेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य छ ।

केपी ओलीलाई अध्यक्षमा राखेर उहाँको वरिपरि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ । तर त्यसो गर्ने प्रयास गर्दागर्दै पनि निर्वाचन हुने परिस्थिति भयो भने शुभचिन्तकहरूले सल्लाहले म निर्वाचनमा जान्छु भनेको थिएँ ।

सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्यो । र, मलाई पार्टीले आदेश दियो, अध्यक्ष कमरेडले राख्नु भएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास गर्यो, त्यो प्रो प्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनियो । मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु, तर पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?