+
+

सुजाताको ‘कुरा सिधा छ’मा पल र केकी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १८:४७

१४ मंसिर, काठमाडौं । गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा सुजाता र अलिफ खानको स्वर छ ।

अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सुजाताले मंगलबार सार्वजनिक गरेकी हुन् । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा लुम्बिनीमा यस गीतको भिडियो छायाँकन गरिएको हो ।

गायिका सुजाताले यसअघि ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’ जस्ता गीतहरु सार्वजनिक गरिसकेकी छन् । यी गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाएका छन् । ‘कुरा सिधा छ’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको गायिका केसी बताउँछिन् ।

‘भिडियो सार्वजनिक भएसँगै सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु,’ प्रारम्भिक प्रतिक्रियाबाट उत्साहित उनले भनिन्, ‘आशा छ, गीतलाई स्रोता एवं दर्शकले रुचाउनुहुनेछ ।’ यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?