+
+

भोट माग्दै देउवाले भने – मलाई एकपल्ट जिताइदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १८:४३

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेसँगै सबैले ओली शासनबाट मुक्ति पाएको महसूस गरेको बताएका छन् ।

शुक्रबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिको दिन हेर्नुस्, कस्तो डर त्रास थियो ? म प्रधानमन्त्री भएको भोलिपल्टै मुक्ति पाए जस्तो भयो । सबै मान्छेहरुले ओलीको शासनबाट मुक्ति पाए ।’

अब त्यसलाई बचाउने कि नबचाउने यो महाधिवेशनले तय गर्नुपर्ने उनले बताए । कुनै किसिमको तानाशाह सरकारमा नआओस् भन्न महाधिवेशनले निर्णय गर्नुपर्ने भन्दै उनले भने, ‘आउने सरकार कांग्रेसको हुन्छ गाउँदेखि माथिसम्म, त्यो मेरो जिम्मा भयो ।’

प्रतिनिधिहरु कतै सहमति त कतै प्रतिस्पर्धाबाट आए पनि मनोमालिन्यबाट मुक्त हुनुपर्ने उनले बताए । आन्तरिक निर्वाचनमा अब आउने चुनावमा असर गर्न नहुने भन्दै देउवाले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई एक पल्ट जिताइदिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?