+
+

पनामा पेपर्सको विषयमा ऐश्वर्यासँग ७ घण्टा सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १२:२६

६ पुस, काठमाडौं । पनामा पेपर्स लिक विषयमा बलिउड अभिनेत्री ऐश्वर्या रायसँग भारतको प्रवर्तन निर्देशालय (ईडी)ले ७ घण्टा सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको कम्पनी र बैंकको खाताको विषयमा सोमबार सोधपुछ गरिएको हो ।

भारतीय मिडियाका अनुसार ऐश्वर्याले ५० हजार डलरको कम्पनीलाई १५ सय डलरमा बेचेको विषयमा पनि ईडीले सोधपुछ गरेको छ । बलिउड नायक अमिताभ बच्चनको बुहारी बनेपछि ऐश्वर्याले यो कम्पनी बेचेकी थिइन् ।

सोमबार दिल्लीको लोकनायक भवनमा भएको सोधपुछमा ऐश्वर्याले केही प्रमाणहरु पनि पेश गरेकी थिइन् । पनामा पेपर्समा भारतका ५ सय व्यक्तिको नाम आएको छ । यसमा नेता, खेलाडी, व्यापारी, मनोरञ्जन दुनियाँका कलाकारको नाम छ ।

एक महिनाअघि यही विषयमा जवाफ दिन अभिनेता अमिताभ बच्चन पनि ईडीको कार्यलय पुगेका थिए । अमिताभलाई फेरि कार्यालय बोलाउने तयारी गरिएको छ ।

सन् २०१६ मा बेलायतको ल फर्मको १.१५ करोड ट्याक्स डकुमेन्ट लिक भएको थियो । यसमा भारतका ५ सय मानिसको नाम समावेश थियो ।

रिपोर्ट अनुसार अमिताभलाई चार कम्पनीको निर्देशक बनाइएको थियो । यसमा तीनवटा कम्पनी बहामास र एउटा कम्पनी भर्जिन आइल्याण्डमा थियो । यी कम्पनीको सम्पत्ति ५ हजारदेखि ५० हजार डलरसम्म थियो ।

ऐश्वर्यालाई पनि एउटा कम्पनीको निर्देशक बनाइएको थियो । पछि उनलाई कम्पनीको शेयर होल्डर मात्र भनिएको थियो । कम्पनीको नाम अमिक पार्टनर्स प्राइभेट लिमिटेड थियो । यसको मुख्य कार्यालय भर्जिन आइल्याण्डमा थियो । सन् २००५ मा बनाइएको यो कम्पनी २००८ मा बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?