+
+

सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १२:३७

११ पुस, काठमाडौं । सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ ।

नेपालयको कार्यालयमा आयोजित कार्यक्रममा लेखक पोखरेलले आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर पुस्तकको लोकार्पण गरिएको हो । ‘मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतिकात्मक अर्थ छ’ लेखक पोखरेलले भने, ‘मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरुन् भन्ने मेरो लेखकीय आकांक्षा र सदीक्षा हो ।’

१० वटा प्रमुख दार्शनिक प्रवृत्तिहरूमा किताब केन्द्रित रहेको छ । जुन प्रवृत्तिहरू पश्चिमी दर्शनका आधार मानिन्छन् ।

लेखक पोखरेलले पुस्तकमा पाश्चात्य ज्ञान परम्पराका केही आधारभूत प्रश्नहरुलाई सहज नेपाली भाषामा बुझाउने प्रयास गरेको बताएका छन् । यसको अर्थ पाठकहरुले ज्ञानका प्रश्नहरुलाई बुझुन् र आत्मसात गरुन् भन्ने आफ्नो आकांक्षा रहेको उनले बताए ।

पुस्तकका बारेमा बोल्दै प्रमुख वक्ता विष्णु सापकोटा भन्छन्, ‘पाश्चात्य दर्शनशास्त्रका बारेमा प्रशस्त पुस्तक लेखिएका छन् । तर यति सहज र सरल नेपालीमा यो विषयमा लेखिएका पुस्तकमध्ये यो दुर्लभप्रायः छ । साथै, यो पुस्तकको विशेषता भनेको के पनि हो भने, यसले दर्शनलाई राजनीति, साहित्य र सौन्दर्यशास्त्रसँग पनि जोडेको छ ।’

कार्यक्रम संचालक तथा प्रकाशन नेपालयकी प्रकाशकीय सम्पादक भूषिता बशिष्ठले विभिन्न प्रतिकूल अवस्था हुँदाहुँदै पनि प्रकाशकका हिसाबले यो पुस्तकलाई प्रकाशन गर्नैपर्ने पुस्तकका रुपमा बजारमा ल्याएको बताइन् ।

यो पुस्तक पब्लिकेसन्स नेपालयको सन् २०२१ को अन्तिम प्रकाशन हो ।

पुस्तकको मूल्य नेपाली बजारमा ४९५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?