
२१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गरेको मंगलबार केन्द्रीय समितिमा गरेको ३१ जनाको मनोनयनप्रति पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।
थापाले उक्त मनोनयन एकपक्षीय र पूर्वाग्रही भएको बताएका छन् । थापाले भनेका छन्, ‘३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ । मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ । जनाधार भएका नेताहरुलाई उपेक्षा गरी चुनाव हारेकालाई मनोनित गरिएको छ ।’
राप्रपाको विधान अनुसार उसको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ । जसमध्ये १४९ जना निर्वाचनबाट चयन भइसकेका छन् । विधानअनुसार लिङ्देनले ५० जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् । मंगलबार ३१ जना मनोनयन गरेका छन् भने १९ जनालाई मनोनयन गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4