
२८ पुस, ललितपुर । जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औं साधारणसभा स्थगित गर्न आदेश दिएको छ ।
संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारणसभा गर्ने घोषणा गरेका थिए । उनले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी साधारणसभा गर्ने बताएका थिए । संघको नियम विपरीत साधारणसभा आयोजना गर्न लागेको भन्दै परेको निवेदनको सुनुवाइ पछि जिल्ला अदालतले साधारण सभा नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिएको हो । आदेशपछि एउटा समूहले गर्ने भनिएको साधारणसभा स्थगित भएको छ ।
साधारणसभामा २८ वटा थप संस्थालाई सहभागी गराउने विषयमा सहकारी विभागमा उजुरी परेको थियो ।
विभागमा परेको उजुरीमाथि निर्णय नभएको र सदस्य संख्या नै विवादित भएको भन्दै न्यायाधीश चुरामन खड्काको इजलासले स्थगित गर्न आदेश दिएको हो । आदेशमा कोभिडको विषय पनि समावेश छ ।
हेर्नुहोस् अदालतको आदेशः
प्रतिक्रिया 4