+
+

घट्याे शेयर बजार, नेप्से परिसूचक २९ सय तल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १५:३४

५ माघ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय तल झरेको छ । बुधबार ३८ दशमलव ३५ अंकले घटेर नेप्से परिसूचक २ हजार ८ सय ९८ दशमलव ३१ अंकमा झरेको छ । मंगलबारको तुलनामा बुधबार शेयर कारोबार रकम पनि घटेको छ ।

दिनभर १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा रोकिएको छ । सोमबार साढे ९ अर्ब माथिेको र मंगलबार ८ अर्ब रुपैयाँ मािथको शेयर कारोबार भएको थियो ।

बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य राम्रै बढेको छ । बुधबार बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ ।

सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भने बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।

यसैगरी शेयरमूल्य घट्ने कम्पनीहरुमा भने घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नत लगायतका कम्पनीहरु देखिएका छन् । यी कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?