+
+

‘आरआरआर’को नयाँ रिलिज मिति : मार्च १८ वा अप्रिल २८

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १९:०७

७ माघ, काठमाडौं । जनवरी ७ बाट पछि सरेको साउथको प्रतिक्षित चलचित्र ‘आरआरआर’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले शुक्रबार चलचित्रको दुईवटा प्रदर्शन मिति तय गरेको छ ।

एसएस राजामौलीको निर्देशनमा तयार भएको यो चलचित्रलाई भारतमा कोरोना संक्रमण दर कम भएर सिनेमा हल खुलेको खण्डमा मार्च १८ लाई मिति तोकिएको छ । तर, त्यसबेला हल नखुलेमा भने अप्रिल २८ मा चलचित्र रिलिज गर्ने घोषणा गरिएको छ ।

यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको अभिनय छ ।

यस्तै, साउथको अर्को प्रतिक्षित चलचित्र ‘केजीएफ २’ भने अप्रिल १४ को तारिखबाट रिलिज हुने पक्का भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?