+
+

मलयालम फिल्म ‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १२:१३

९ माघ, काठमाडौं । मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ ।

‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको २४ घन्टा नबित्दै यो गीतले युट्युबमा ५ लाख बढी भ्युज पाइसकेको छ ।

मलयालम भाषामा निर्माण गरिएतापनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ । बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा सुनिधि चौहानको स्वर छ ।

नेपाल घुम्न आएका चलचित्रका मुख्य पात्रहरु स्वस्तिमाको आइटम नृत्य हेर्न डान्स क्लबमा पुगेको देखाइएको छ । राजीव सेठ्ठीको निर्देशन रहेको यो चलचित्रमा नेपालका पोखरा, काठमाडौं र लुक्लाका रमणीय स्थान हेर्न  सकिन्छ । यो चलचित्रले तीन जना पात्रको कथालाई पर्दामा उतारेको छ ।

चलचित्रमा नेपाली कलाकारहरु माओेत्से गुरुङ र उमेश तामाङको पनि अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?