+

बिहान उठेपछि ४५ मिनेट योगाभ्यास गर्छु : कृष्ण धरावासी

२०७८ माघ  २१ गते १३:५६ २०७८ माघ २१ गते १३:५६
बिहान उठेपछि ४५ मिनेट योगाभ्यास गर्छु : कृष्ण धरावासी

२० माघ, काठमाडौं । साहित्यकार कृष्ण धरावासी विशेषगरी कथा र उपन्यास विधामा कलम चलाउँछन् । २०६२ सालमा ‘राधा’ उपन्यासबाट उनले मदन पुरस्कार प्राप्त गरेका थिए । पाँचथरमा जन्मेका धरावासी ७ वर्षको हुँदा उनको परिवार झापा बसाइँ सर्‍यो ।

साहित्यकार धरावासीका झोला, आधा बाटो, शरणार्थी लगायत उपन्यास पाठकले निकै रुचाएका छन् । समालोचनामा पनि कलम चलाउने साहित्यकार धरावासीको दिनचर्या कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषय उनकै शब्दमा–

उठेर ४५ मिनेट योगाभ्यास

जाडो होस् वा गर्मी, मेरो उठ्ने तालिका नियमित हुन्छ । बिहान ५ बजे उठिसक्छु । शौचालय गएपछि ४५ मिनेट योगाभ्यास गर्छु । अनि भान्सामा गएर बिना चिनीको कालो चिया बनाएर खान्छु ।

नास्ता सातदेखि साढे सात बजेसम्म खान्छु । नास्तामा बदाम, कोदो वा फापरको रोटी, कर्नफ्लेक्स मिलाएर खान्छु ।

बिहानको खानामा दाल, भात, तरकारी नै हुन्छ । मलाई खाना खाँदा दालभन्दा तरकारीको झोलसँग मिठो लाग्छ । माछा–मासुभन्दा दाल, हरिया सब्जी नै बढी खान्छु । महिनामा एक दुईपटक मात्र हुन्छ माछा–मासु । मेरो खानामा प्रायः नछुट्ने साग हो भने मेरो प्रिय खाना खीर हो ।

बेलुकीको खाना हलुका नै खान्छु । बेलुका रोटी, तरुल यस्तै खाने गर्छु । अहिले श्रीमान श्रीमती मात्र छौं । त्यसैले बिहानको जस्तो बेलुका भान्सामा पाक्दैन । म विद्यार्थी हुदाँ एक बजे सुत्थे आजभोलि ११ बजेसम्म सुतिसक्छु ।

घरको काम गर्न रुचाउँछु

विद्यार्थीदेखि जागिरे हुँदासम्म डेरामै खाना बनाएँ । एक महिनाअघि खुट्टा भाँचिएका कारण अहिले ओछ्यानमै छु । भान्साको काम महिला पुरुष दुवैको भन्ने लाग्छ । म खाना बनाएर खुवाउँछु । मासु मिठो बनाउँछ भनेर घरमा भन्छन् पनि ।

आफ्नो लागि आफू बाँच्नको लागि पनि भान्साको काम जान्नुपर्छ । पहिला बाहिर खाना खान पैसा हुन्थेन, अहिले पैसा भएर पनि स्वास्थ्यले दिँदैन । घरको खाना नै खान्छु । बाहिर खाने चिया कफी मात्र हो । घरमा बनाएर अरुलाई खुवाउँदा बेग्लै आनन्द आउँछ ।

मेरो पहिरन

कपडाको सर्ट, पाइन्ट, कोट र जुत्ता मन पर्छ । दौरासुरुवाल पनि राम्रो लाग्छन् । सिलाएर राखेको हुन्छु । आफ्नो व्यक्तित्व सुहाउँदो पहिरनमा हिंड्छु ।

सिर्जनाको समय

जागिर खाँदा म राति लेख्थें । अहिले रिटाएर भएको छु । लेख्ने पढ्ने काम नै गर्छु । म लेख्न बसेपछि लेखनमा डुब्छु । एउटा लेखकले गर्ने भनेको बढीभन्दा बढी अरुका कृति पढ्ने अनि त्यसमा भेटिएका खाली ठाँउ भर्ने नै हो । मेरो अंग्रेजी त्यति दरिलो छैन, त्यसैले हिन्दीमा अनुवाद गरिएका पुस्तक नै बढी पढ्छु । अमेरिकन, युरोपियन, जापानिज, चाइनिज भाषाका  किताब हिन्दीमा अनुवाद गरिएको पढ्छु । मलाई लेख्न बसेपछि कलम आफैं सर्छ । पहिला हातले लेख्थें, अहिले सात वर्ष जति भयो कम्प्युटर चलाउन थालेको ।

मेरो रुचि

मलाई लेख्न–पढ्न बाहेक मलाई गफ गर्न एकदमै मन पर्छ । मेरो एउटा खुट्टा कमजोर भएकाले म उकालो ओरालो त्यति हिंड्न सक्दिनँ । पैदल यात्रा गर्न मन लाग्छ, तर अहिले सक्दिनँ । गाडीमा गरेको यात्रा त्यति मज्जा आउँदैन ।

म प्रविधिमा नजिक छु । मलाई यसमा जोडिन रमाइलो लाग्छ । मलाई चलचित्र हेर्न एकदमै मन पर्छ । यही रुचिका कारण विद्यार्थीकालमा धेरै गाली पनि खाएको छु । विशेषगरी एक्सन चलचित्र मन पर्छ । अहिले दक्षिण भारतीय चलचित्र ज्यादा हेर्छु । आफूले लड्न नसके पनि कलाकारले मान्छे कुटेको रमाइलो लाग्छ (हाँस्दै) ।

कृष्ण धरावासी मेरो जीवनशैली
लेखक
सम्झना विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?