
२३ माघ, काठमाडौं । के भारतमा विकास गरिएको माइक्रोब्लगिङ एप कू (प्यय) ले ट्वीटरलाई पछि पार्न सक्ला ? सन् २०२१ को अन्त्य सम्ममा भारतमा दुई करोड पटक डाउनलोड भइसकेको माइक्रो ब्लगिङ एप कू को लक्ष्य भनेको घरेलु बजारमा ट्वीटरलाई पछि पार्नु रहेको छ ।
कू का सह संस्थापक मयंक बिडावाट्काका अनुसार हाल भारतमा ट्वीटरका प्रयोगकर्ता साढे दुई करोड छन् । यही वर्ष सन् २०२२ मै भारतमा कू का प्रयोगकर्ताको संख्याले ट्वीटरलाई उछन्नेमा उनी ढुक्क छन् ।उनका अनुसार अहिले माइक्रोब्लगिङ साइट कू अंग्रेजीसहित विभिन्न १० भाषामा उपलब्ध छ । यो वर्ष भारतका सबै २२ वटा आधिकारिक भाषालाई समेट्ने कू को योजना छ ।
बैंगलोरमा मूख्यालय रहेको कू गतवर्ष चर्चामा आएको थियो । भारत सरकार र ट्वीटरबीच विवाद बढ्दै जाँदा कू ले त्यसको फाइदा उठाउँदै भारतीय सोसल मिडियाको बजारमा आफ्नो प्रभाव बढाउँदै लगेको हो । कतिपय आपत्तिजनक ट्वीटर अकाउन्टहरू बन्द गर्न भारत सरकारलार्य ट्वीटरलाई गरेको आग्रह सुरुमा ट्वीटरले स्वीकार गरे पनि पर्याप्त प्रमाण नभएको भन्दै ती अकाउन्टमाथिको प्रतिबन्ध फुकुवा गरेपछि भारत सरकार ट्वीटरसँग चिढिएको थियो । भारतमा ह्वाट्सएप र सरकारबीच पनि विवाद जारी छ र ह्वाट्सएपले भारत सरकारमाथि मुद्दा नै हालेको छ ।
खासगरी भारतमा स्थानीयभाषी प्रयोगकर्ताहरू धेरै रहेको माइक्रोब्लगिङ एप कू सन् २०२० मा सुरु भएको थियो । सन् २०२१ मा कू नाइजेरियामा पनि विस्तार भएको थियो । यो वर्षको अन्त्यसम्ममा विश्वव्यापी प्रयोगकर्ता १० करोड पुर्याउने कू को लक्ष्य छ । बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4