+
+

जब युवतीको शरीरमा डाक्टरले जोडिदिए उल्टो खुट्टा !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १३:१६

न्युजिल्याण्डमा बस्ने जेस क्विन ८ वर्षकी छँदा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । परीक्षण पश्चात् उनलाई ओस्टियोसार्कोमा अर्थात् हड्डीको क्यान्सर भएको पत्ता लाग्यो । यो क्यान्सर हड्डीको निर्माण गर्ने कोशिकामा हुन्छ ।

प्रायः मानिसले आफ्नो शरीरलाई नजरअन्दाज गर्दछन् । तर जब आफूलाई कुनै गम्भीर रोग लाग्दछ तब बल्ल आफ्नो शरीरको मूल्यबोध हुन्छ । शरीरका कुनै पनि एक अंग हटाउँदा वा कुनै अंगलाई फरक तरिकाले सरीरमा जोडिंदा जीवन पक्कै पनि असहज बन्दछ । २८ वर्षकी जेस क्विनको जिवनमा पनि यस्तै भएको छ ।

८ वर्षको उमेरमा फुटबल खेल्ने क्रममा उनको खुुट्टा भाँचिएपछि डाक्टरहरूले उनको खुट्टा जोड्न निकै कोसिस गरे । तर चार पाँच महिनापछि पनि उनको खुट्टा ठीक भएन । उनलाई हिँडडुल गर्न सकिनन् र खुट्टा निकै दुुख्ने गर्दथ्यो । भाँचिएको हड्डी लामो समयसम्म पनि ठीक नभएपछि डाक्टरहरूले उनको परीक्षण गर्दा उनलाई हड्डीको क्यान्सर भएको पत्ता लगाएका थिए ।

अब डाक्टरहरूको प्रमुख उद्देश्य नै जेसिकाको ज्यान बचाउनु थियो । क्यान्सर खुट्टाबाट शरीरको माथिल्लो भागमा पनि फैलिने क्रममा थियो । डाक्टरसँग त्यसबेला दुई विकल्प थिए । एउटा हिपको भागबाटै उक्त खुट्टा काटेर फ्याँक्ने, तर यसो गर्दा नक्कली खुट्टा अर्थात् प्रोस्थेटिक खुट्टा हाल्न गाह्रो हुन्थ्यो । अर्को विकल्प भनेको क्यान्सरयुक्त खुट्टाको सद्दे भागलाई नै घुँडाको रुपमा प्रयोग गर्ने ।

जेसिकालाई बाँच्नु थियो । त्यसैले डाक्टरहरूले पनि चुनौती स्वीकार गरे र उनको खुट्टाको तल्ला भाग आधा काटेर त्यसलाई घुँडाको ठाउँमा जोडे । यो सँगै उनका पैताला तथा औंलाहरू भएको खुट्टाको तल्लो भागलाई खुुट्टाको काटिएको माथिल्लो भागमा पछाडि फर्काएर जोडिएको छ र उल्टो पाइतालाको भाग घुँडाको भागसम्म आउँदछ । त्यसैले पछाडि घुुमेको सोही पाइताला र औलाको भागलाई घुँडाको रुपमा प्रयोग गरिएको छ जहाँ उनले अहिले अर्को नक्कली खुट्टा लगाउँछिन् ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?