+
+

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङलाई नियमन गर्छौं : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १५:५२

२७ माघ, काठमाडौं । अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी, प्रविधिको माध्यमबाट भइरहेको नेटवर्क मार्केटिङ व्यवसाय नियमन बताएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को अर्धवाषिर्क समीक्षा गर्दै अर्थमन्त्री शर्माले यस्ता अवैध कारोबारले अर्थतन्त्रमा चुनैती थप्ने भएकाले नियमन गरिने बताए ।

‘नयाँ प्रविधिको विकास आफैंमा मानवजातिको लागि महत्वपूर्ण उपलब्धि हो, त्यसका नकारात्मक पक्ष पनि छन्,’ उनले भने,’हाइपर फन्ड, बेटिङ, क्रिप्टोकरेन्सी लगायत विभिन्न प्रविधिको प्रयोगले पुँजी पलायन भइरहेको छ, त्यसबारे अनुसन्धान र नियमन गर्न कमिटी बनाएर काम गरिरहेका छौं ।’

उनले संरचनात्मक सुदृढीकरण नहुँदा बजेट कार्यान्वयनमा समस्या देखा परेको  बताए । कतिपय ऐन नियमलाई विकास मैत्री बनाउन सशोधनको प्रक्रिया अघि बढाएको भन्दै उनले  सेवालाई डिजिटाइज नगर्दा पनि सरकारी काम ढिलाइ हुने गरेको बताए ।

‘योजना छनोटमै समस्या छ, जनशक्ति कम छ,’ उनले भने,’अर्थ मन्त्रालयका तर्फबाट समन्वय गरिरहेका छौं ।’

खर्च प्रणालीमा गुणात्मक रुपमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले तीन तहका सरकारले कार्यक्रमको डुप्लिकेसन नहुने गरी काम गर्नुर्पो अवस्था पनि रहेको बताए ।

अर्थ सचीव मधुकुमार मरासिनीले प्रणालीमा परिवर्तन नगरेसम्म असारमै ३०-३५ प्रतिशत पुँजीगत खर्च भइरहेको बताए ।

स्थानीय तहको चुनाबमा हुने आर्थिक गतिविधिका कारण आर्थिक वृद्धिमा १ प्रतिशत योगदान पुग्ने उनको आकलन छ ।

‘बजेटमा जुन रकम बिनियोजन गरिएको छ, त्यसमा खर्च नगरी थप रकम माग्ने प्रवृत्ति छ,’ उनले भने,’चुनाव, मल खरिद लगायतका लागि थप स्रोत आवश्यक परेको छ, बाढी पहिरोको क्षतिपूर्तिको माग छ,, यसले बजेटमा चाप परिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?