+
+

बागमती प्रदेशमा तीन दिन प्रजातन्त्र दिवस मनाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १९:१२

३ फागुन, हेटौंडा । बागमती प्रदेशमा तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।

दिवस मनाउनका लागि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा ४२ सदस्य ‘प्रजातन्त्र दिवस २०७८ प्रदेश स्तरीय मूल समारोह समिति’ गठन गरिएको छ ।

मंगलबार समितिका अध्यक्ष तथा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेश भर तीनदिन सम्म दिवस मनाउने निर्णय गरेको समितिका सदस्य सचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । दिवसलाई भव्य रुपमा मनाउनका लागि फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गर्न आह्‍वान गरेको छ ।

बैठकले दिवसको अवसरमा मन्त्रालय, कार्यालय र सार्वजानिक स्थानको सरसफाइसहित नगर क्षेत्रको सरसफाई व्यवस्थापनको कार्यका लागि हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

सरकारले दिवस मनाउनका लागि गरेको निर्णय अनुसार तीन दिन मन्त्रालय, कार्यालय सार्वजनिक एवम् सामूदायिक संघसस्था, शैक्षिक प्रतिष्ठान, निकाय र प्रदेसवासीको घरघरमा समेत दिपावली गर्न आह्वान गरेको छ।

बैठकले साइकल राइडरहरुको सहभागितामा राष्ट्रिय झण्डा व्यानर सहितको साइकल र्‍यालीको जिम्मेवारी आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई दिएको छ ।
दिवसमा सुरक्षा निकायहरुले संयुक्त रुपमा सलामी प्रदान गर्ने कार्यको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले गर्ने निर्णय भएको कानुन मन्त्री खनालले जानकारी दिए ।

मन्त्रालयका अनुसार ६ गते सार्वजनिक स्थल सरसफाइ, ७ गते र्‍याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झण्डात्तोलनसहित तीनै दिन दीपावली गर्ने निर्णय भएको छ । सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्ने र प्रचारप्रसारको जिम्मेवारी पत्रकार महासंघ बागमती प्रदेश समितिलाई दिइएको छ ।

दिवसको पहिलो दिन मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुखसहित मूल समारोहका पदाधिकारीको उपस्थितिमा संक्षिप्त कार्यक्रम सञ्चालन गर्ने भएको छ । गठित समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?