+
+

लागूऔषधसहित हेटौडाबाट दुई भारतीयसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १८:४१

४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले दुई भारतीय नागरिकसहित ६ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

बिरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५३०९ नम्बरको बस चेकजाँचका क्रममा उनीहरुलाई हेटौंडा-१५ रातोमाटेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमध्ये चारजना चितवनका रहेका छन् ।

६ सय ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका-८ का २१ वर्षीया एन्जल गुरुङ, १८ वर्षीय निश्चल परियार, भरतपुर महानगरपालिका-१६ का ३३ वर्षीय नरबहादुर राना मगर र २८ वर्षीय युवराज गुरुङ रहेका छन् ।

यस्तै लोकमार्ग हुदै हेटौंडातर्फ आउँदै गरेको ना १ ह ९४५० नम्बरको अटोमा लुकाई ल्याएको १ सय ७३ बोतल डिलेक्स डिसीसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार रक्सौल पूर्वी चम्पारणका ३० वर्षीय अरबिन्दकुमार पाण्डे र अटोमा सवार भारत बिहार रक्सौलका २६ वर्षीय अमिता शाह रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?