+

मनाङलाई हराउँदै रेलिगेसनबाट जोगियो एपीएफ

२०७८ फागुन  ५ गते १५:१५ २०७८ फागुन ५ गते १५:१५
मनाङलाई हराउँदै रेलिगेसनबाट जोगियो एपीएफ

५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दीमाथि सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ ।

मनाङलाई ३-१ ले पराजित गरेसँगै एपीएफ रेलिगेसनबाट जोगिएको छ । खेलको ३७ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । गोलकिपर विशाल सुनारको लामो पासमा एपीएफका गोलकिपर युया कुरियामा अघि बढेको अवस्थामा अञ्जनले हेडमार्फत गोल गरेका थिए ।

तर ४०औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १-१ को बराबरीमा ल्याएका थिए । कप्तान नविन लामाको पासमा मनाङका डिफेन्डर नरेन्द्र चौधरीले क्लियर गर्न नसकेको बल अघि बढाउदै आशिषले सहजै गोल गरे ।

८१औं मिनेटमा रवि थिङको पासमा मणिकुमार लामाले एपीएफका लागि दोस्रो गोल गरे । त्यसपछि ८७औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफको जित निश्चित गरे ।

एपीएफ फुटबल मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय