+
+

डोनाल्ड ट्रम्पको सोसल मिडिया ‘ट्रुथ सोसल’ आइफोनमा उपलब्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १३:५२

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतिक्षित सोसल नेटवर्किङ एप अन्ततः एप स्टोरमा उपलब्ध भएको छ ।

सुरुवातमा हालका लागि ट्रम्पको सोसल मिडिया एप ट्रुथ सोसल आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको छ ।

रोयटर्सका अनुसार आइफोन प्रयोगकर्ताले २१ फेब्रुअरीको मध्यरातदेखि ट्रम्पको सोसल मिडियाको आईओएस एप आफ्नो आइफोनमा डाउनलोड गर्न पाएका छन् । एपसँगै ‘द ट्रुथ सोसल’वेबसाइट पनि निर्माणाधिन रहेको छ ।

एप स्टोरमा उपलब्ध ‘ट्रुथ सोसल एप’ तत्कालका लागि केवल आइफोनमा मात्र चल्दछ । अर्थात् यसलाई हाल आइप्याडमा चलाउन सकिंदैन ।

एप्पल एप स्टोरमा रहेको यो एपको विवरणमा उल्लेख भए अनुसार ‘ट्रुथ सोसल’मा प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत प्रोफाइल तयार गर्न सक्दछन् ।

साथै एपमा रहेको ‘डिस्कभर टूल’मार्फत् प्रयोगकर्ताले यो सोसल मिडियामा अन्य साथीहरू खोज्न सक्दछन् । यसमा प्रयोगकर्ताले भिडियोहरू अपलोड गर्ने र अन्य प्रयोगकर्तासँग शेयर गर्न पनि सक्दछन् ।

ट्रम्पको यो सोसल मिडिया धेरै हदसम्म ट्वीटरसँग मेल खाने बताइएको छ । ट्वीटरमा हुने ट्वीट, रिप्लाइ र लाइक्स अप्सनजस्तै यसमा ‘ट्रुथ, ट्रुथ्स एण्ड रिप्लाइ’ र मिडिया अप्सन रहेका छन् ।

स्मरण रहोस् गतवर्षदेखि ट्वीटर, फेसबुक तथा गुगललगायतका सोसल मिडिया प्लाटर्फमहरुबाट प्रतिबन्धमा परेका डोनाल्ड ट्रम्प आफ्नै सोसल मिडिया खोल्ने निर्णयमा पुगेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?