+
+

नक्सालमा चाँगन अटोको ‘एक्सचेन्ज कार्निभल’ मेला सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १६:२८

काठमाडौं । चाँगन अटोले काठमाडौंको नक्सालस्थित सोरुममा एक्सेन्ज क्याम्प ‘एक्सचेन्ज कार्निभल’ मेला आयोजना गर्ने भएको छ ।

शुक्रबारदेखि सुरु हुने मेलामा ग्राहकका लागि विभिन्न अफरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो गाडीको राम्रो मूल्यांकन पाउनुका साथै दुई लाखसम्मको एक्सेन्ज टपअप प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो सँगसँगै ग्राहकले एक वर्षको सडक कर, एक वर्षको बीमा निःशुल्क प्राप्त गर्नेछन् ।

ग्राहकहरुले हरेक टेस्ट राइडमा आकर्षक उपहार प्राप्त गर्नुका साथै अन्य विविध लाभ उठाउन सक्नेछन् । तीन जना भाग्यमानी ग्राहकहरुले दुई वर्ष को निःशुल्क सर्भिसिङ भौचर पनि प्राप्त गर्नेछन् ।

शनिबारसम्म चल्ने मेलामा  सहभागी हुन ग्राहकहरुसँग कम्पनीले आहवान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?