+
+

रुसी विमानलाई आफ्नो आकाशमा उड्न नदिने जर्मनी र फिनल्याण्डको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १३:४८

१५ फागुन, काठमाडौं । जर्मनी र फिनल्याण्डले रुसी विमानलाई आफ्नो आकाशमा उड्न नदिने घोषणा गरेका छन् ।

रुसले युक्रेनमा सैन्य कारबाही जारी राखेका बेला जर्मनी र फिनल्याण्डले आफ्नो आकाशमा रुसी विमान उड्न नदिने बताएका हुन् ।

शनिबार राति जर्मनीको संघीय यातायात एवं डिजिट पूर्वाधार मन्त्रालयले ‘रुसी विमानका लागि जर्मन आकाश बन्द गर्ने’ घोषणा गर्दै यसका लागि सबै तयारी गर्न निर्देशन दिएको हो ।

यसबाहेक, जर्मनीको लुफ्थान्सा वायु सेवा कम्पनीले रुसतर्फ हुने सबै निर्धारित उडान रद्द गरेको जनाएको छ । फिनल्याण्डका यातायात मन्त्री टिमो हाराकाले समेत रुसी विमानका लागि आफ्नो आकाश बन्द गरिने बताएका छन् ।

योसँगै रुसी विमान सेवामाथि प्रतिबन्ध लगाउने युरोपेली मुलुकको संख्या बढेको छ । यसअघि बेलायत, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिक लगायतका युरोपेली मुलुकले रुसी विमानका लागि उनीहरूको आकाश बन्द गरिसकेका छन् ।

रुसले जवाफ स्वरुप ती मुलुकका विमानलाई आफ्नो आकाश प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?