
१६ फागुन, काठमाडौं । सिनेमा हलमा रिलिज भएको चार दिनपछि ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘पीडा भए नि’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको कथा बोल्ने यो गीतमा अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ ।
यो गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा फिचरिङ छिन् । चलचित्रमा छायाँ पात्रको भूमिकामा देखिएकी पूजालाई स्टेजमा भावुक गीत गाइरहेको देख्न सकिन्छ । चलचित्रको गीतमा अभिनेता पल शाहलाई भने प्रहरीले पक्राउ गरेको देखाइएको छ । यसले पनि चलचित्रको यो गीतले चलचित्रको कथाको सार भन्न खोजेको बुझ्न सकिन्छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्र बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यो गीत सार्वजनिक भएसँगै निर्माणपक्षले पलको वास्तविक जीवनसँग मेल खाने चलचित्र भनेर गर्दै आएको प्रचारलाई अझै पुष्टि गरेको छ ।
पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ ।
यो गीतले चलचित्रको व्यापारमा मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ ।
प्रतिक्रिया 4