
१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका-४ विशालनगरमा मोबाइल पसल फोडेर चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी नगरपालिका-५ गोरखाका शुरेर गिरी र नेपालगञ्ज-५ बाँकेका गणेश क्षत्री छन् ।
विशालनगरस्थित सुरज इलेक्ट्रिनिक्स मोबाइल पसल फोडेर ३७ थान नयाँ मोबाइल, मर्मतका लागि राखिएको १५ थान मोबाइल, एक थान गितार र २५ थान घडी चोरी गरेको आरोपमा सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता दिनेश आचार्यले बताए । उक्त पसलमा गत माघ १० गते चोरी भएको थियो ।
प्रहरीले उनीहरूको साथबाट ८ थान नयाँ मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान घडी, एक थान गितार र एक थान पावर बैंक बरामद गरेको छ ।
उनीहरूलाई महानगरीय अपराध महाशाखाले बुधबार थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाएको प्रवक्ता आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4