
२७ फागुन, काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एकजनालाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले सितापाइलाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको बारपाक गाउँपालिका- ३ बस्ने ३६ वर्षीया शान्ता कोइराला दवाडी छिन् । प्रहरीका अनुसार उच्च अदालत ललितपुरले २०७८ माघ २१ गते ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
उनलाई बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महाशाखाका प्रवक्ता तथा एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4