
४ चैत, काठमाडौं । कलाकार तथा साहित्यकारहरुले चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व (होली) मनाएका छन् । धादिङको तिनपिप्लेमा बिहीबार चित्रकला कार्यशाला आयोजना गरी कलाकारहरुले फागु पर्व मनाएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के. कर्माचार्यले विभिन्न फरक–फरक विधाका कलाकारहरुले रङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताए ।
उनले भने, ‘आज कलाकारहरुले रङलाई खेलेर विभिन्न कलाकृतिहरुको सृजना गर्नुभयो । आगामी दिनमा अझ ननप्रोफेसनल कलाकारहरुलाई बढी सहभागी गराएर माहोल कलामय बनाउन सकिने देखें मैले । चित्रकार भएकाले गाउँ कलामय, देशै कलामय होस् भन्ने चाहना हाम्रो रहेको छ,’ उनले भने ।
नेपालमा रंगकर्मी भनेर नित्य विधाका कलाकारलाई भन्ने गरेको तर नित्य विधाका कलाकारलाई नभएर ललितकलालाई रंगकर्मी भन्नु पर्ने पनि उनले बताए । नित्य विधालाई रंगकर्मी नभएर ‘मञ्चकर्मी’ भन्न मिल्ने कर्माचार्यको धारणा छ ।
कार्यक्रमको आयोजना स्पेक्ट्रम कला संस्थाले गरेको थियो ।
प्रतिक्रिया 4