+

‘आकस्मिक गर्भनिरोधक चक्कीको धेरै प्रयोगले बाँझोपन हुनसक्छ’

२०७८ चैत  ९ गते १७:२० २०७८ चैत ९ गते १७:२०
‘आकस्मिक गर्भनिरोधक चक्कीको धेरै प्रयोगले बाँझोपन हुनसक्छ’

काठमाडौं । अनिच्छित गर्भधारण रोक्न विभिन्न किसिमका गर्भनिरोधक साधन उपलब्ध छन् । र्गभनिरोधका साधनका विषय विद्यालयका पाठ्क्रममा पनि समावेश गरिएको छ । साथै यस विषयमा जनचेतनामूलक सन्देश, नाटक पनि प्रस्तुत हुने गरेका छन् ।

मानिसहरुमा चेतना बढ्दै गएकाले पछिल्लो समय गर्भनिरोधका साधन प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । आकस्मिक गर्भधारण रोक्ने विभिन्न साधनमध्ये गर्भनिरोधक चक्की पनि एक हो । प्रयोग गर्न सजिलो भएकाले पनि अहिले धेरै महिलाहरु यो चक्कीको प्रयोग गरिरहेका छन् । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग कसरी गर्ने र यसका फाइदा-बेफाइदा के के छन् भन्ने विषयमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झासँग गरिएको कुराकानीको सम्पादित अंश :

आकस्मिक गर्भनिरोधक चक्की के हो ? यो कति प्रभावकारी छ ?

सावधानी अपनाउँदा अपनाउँदै पनि गर्भ रहने शंका लाग्यो भने आकस्मिक रुपमा प्रयोग गर्न सकिने चक्की हो यो । महिनावारी नियमित छ भने त्यस्ता महिलाको लागि यो ७० प्रतिशतसम्म प्रभावकारी हुन्छ । महिनावारी नियमित छैन भने यसै भन्न सकिन्न ।

शारीरिक सम्पर्क भएको कति अवधिभित्र यो चक्की सेवन गर्नुपर्ने हुन्छ ?

यो चक्की शारीरिक सम्पर्क भएको ७२ घण्टा अर्थात् तीन दिनभित्र खाइसक्नुपर्छ । त्यो भन्दा ढिलो भएमा यसले काम गर्दैन ।

त्यस्तो अवस्थमामा चक्की सेवन गर्न भुलेमा अरु पनि उपाय हुन सक्छ ?

आपतकालीन रुपमा प्रयोग गर्ने अरु उपाय छैन । समयभित्रै चक्की सेवन गर्नु मात्रै विकल्प हो ।

आकस्मिक गर्भनिरोधक चक्की पनि विभिन्न कम्पनीका छन् । ती सबै उत्तिकै गुणस्तरका र प्रभावकारी छन् ?

औषधि सबै उस्तै हुन्छन्, यो राम्रो त्यो नराम्रो भन्ने त हुँदैन । औषधि विभागले स्वीकृति दिएका सबै औषधि प्रभावकारी छन् ।

आकस्मिक चक्कीको धेरै प्रयोग गरेमा स्वास्थ्यमा असर पुग्छ ?

सर्वप्रथम के बुझ्नुपर्‍यो भने आपतकालीन रुपमा प्रयोग गर्ने भएकाले नै यसलाई आकस्मिक गर्भनिरोधक चक्की भनिएको हो । आकस्मिक अवस्था हप्ता वा महिना दिनमा आउँछ भन्ने त हुँदैन । मान्छे हरेक हप्ता वा महिना लड्दैन, यदि त्यस्तो भयो भने त नियमित नै भयो । त्यसैले चक्कीलाई हप्ता वा महिनामा सेवन गर्न थालियो भने यसले स्वास्थ्यमा हानी पुर्‍याउँछ । गर्भ रोक्न अहिले पिल्स दिनहुँ खाने झन्झट मानेर तीन दिनको फरकमा यसको सेवन गर्ने क्रम बढेको छ । जुन एकदमै गलत हो । यो एक हाइडोज हर्मोन हो र धेरै खाएमा पाठेघरलाई धेरै असर गर्छ ।

अहिले यसको प्रयोग चकलेट जस्तो भएको छ, मनलाग्दा खाइहाल्यो । यसलाई अन्य गर्भनिरोधको साधन जसरी नियमित प्रयोग गरियो भने हर्मन अनियन्त्रित बनाउँछ र पछि बाँझोपनको समस्या देखिन सक्छ ।

आकस्मिक चक्कीले प्रजनन् स्वास्थ्यमा कुनै असर गर्छ कि ?

एउटा आकस्मिक चक्कीको डोज १० वटा पिल्स बराबरको हुन्छ । मानौं, हामीले १० दिनमा खाने खाना एकै दिनमा खायौं भने कस्तो हुन्छ होला ? त्यसले शरीरलाई फाइदा गर्दैन । यसले महिनावारीमा समस्या ल्याउने भएकाले प्रजनन् क्षमता कमजोर बनाउँछ । बच्चा बस्न र जन्माउनमा समस्या हुनसक्छ ।

त्यसो भए गर्भनिरोधको लागि सबैभन्दा राम्रो उपाय के हो त ?

यसमा उमेरसँगै ठाउँमा भर पर्छ । गर्भनिरोधका साधनमध्ये पिल्स नै बढी प्रभावकारी हुन्छ । यदि सन्तानको जन्मान्तर बढी गराउनु छ भने कपर्टी, नरप्लान्ट, डिपो इन्जेक्सन पनि लगाउन सकिन्छ ।

गर्भनिरोधक चक्की डा. कुमकुम झा
डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३५२६ अध्ययन : एमबीबीएस, एमडी र एमएस हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र त्रिपुरेश्वरस्थित ब्लुबर्ड इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?