+
+

दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १३:२७

९ चैत, दाङ । दाङको पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा हुँदा एक जनाको मुत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा लु ५ प ४९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लमही नगरपालिका–३ का ३० वर्षिय किसन चौधरीको मुत्यु भएको हो ।

उनको लमही अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । मंगलबार राती भालुबाङबाट लमही तर्फ आउने क्रममा लमही–१ स्थित नर्ती पुल नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो ।

त्यस्तै मोटरसाइकलको पछाडी सवार कपिलवस्तु वुद्धभूमि नगरपालिका–८ का २८ वर्षीय विरेन्द्र यादव घाईते भएका छन् । उनको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?