+
+

अतिवादलाई रोक्न गठबन्धनमा कांग्रेस

महेश्वरी कुँवर महेश्वरी कुँवर
२०७८ चैत २३ गते १५:०९

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनमा अवस्था र आवश्यकताका आधारमा तालमेलरगठबन्धन गर्ने सर्वसम्मत निर्णय गरेको छ। कांग्रेस किन एक्लै निर्वाचनमा नजाने भन्ने प्रश्न पार्टीभित्रै एउटा ध्रुवले जोडदार रूपमा नउठाएको होइन। तर, यो विवेक र रणनीति दुवै हिसाबले परिपक्व निर्णय हो।

हामीले तात्कालिक अवस्थालाई होइन, गएको आम निर्वाचनमा अकस्मात् नेकपा एमाले र एकीकृत माओवादी दुई पार्टी मिल्दा के भयो भनेर समीक्षा गर्नुपर्छ। ओली सत्ता कसरी निरंकुश र तानाशाही भयो रु त्यस परिघटनालाई केन्द्र विन्दुमा राखेर गठबन्धनको महत्त्व र आवश्यकतालाई बुझ्ने कोशिश गर्नुपर्छ ।

र, यो गठबन्धन आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायम राख्दै सम्भावित ओली अतिवादको ढोका सदाका लागि बन्द गर्नुपर्छ।नेपाली कांग्रेसमा किन गठबन्धनमा जाने रु गठबन्धन बेगरै निर्वाचन जित्न सकिन्छ, ओलीको एमाले आर्थिक र राजनैतिक गडबडीका कारण बदनाम र पतित छ, कांग्रेसलाई त्यसै बहुमत आइहाल्छु भन्ने तर्क छ। हामी आम कार्यकर्तामा त्यो नपरेको पनि होइन।

अर्कोतर्फ, गठबन्धन भए पनि माओवादीले कांग्रेसलाई र कांग्रेसले माओवादीलाई भोट हाल्दैनन् भन्ने बहस छ। यी दुवै तर्क र बहसहरू वास्तवमै सत्यको धरातलमै छन्। तर नेपाली कांग्रेसको अहिलेको चासो र चिन्ता भनेको एक्लै लड्नलाई नभई सम्भावित कम्युनिस्ट एकताले ल्याउने राजनैतिक असन्तुलनको हो। र, त्यसबाट दोहोरिन सक्ने हिजोको ओली कालरपरिस्थितिमा हो।

कांग्रेसले एक्लै निर्वाचन जित्ने कुरा आजको दिन फलामको चिउरा होइन, न हिजै थियो। तर कांग्रेसले गठबन्धन नगरेको दिन कमरेड प्रचण्ड र कमरेड माधव नेपालहरू कम्युनिस्टहरूले प्रयोग गर्ने एउटा बहुचर्चित शब्द छ (आत्मालोचना)।

हो, त्यही आत्मालोचनाको ढोकाबाट पुरानै कित्तामा पुग्दैनन् भन्ने के ग्यारेन्टी छ ? प्रचण्ड र माधवहरूमा निर्वाचनमा जाँदा कोसँग जोडिएर जाने भन्ने बाध्यता र डर रहनु स्वाभाविक हो। प्रचण्डलाई कसरी उछिट्याउने भन्ने रणनीति एमालेहरूमा हुनु पनि स्वाभाविक हो। तर, कांग्रेसभित्रको एउटा पंक्तिले चुनावी गठबन्धनको बाध्यता र महत्त्व नबुझ्नु या बुझेर पनि नबुझे झैं गर्नु चाहिं बेइमानी मात्र हो।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई कसरी बालुवाटारबाट बूढानीलकण्ठ पुर्‍याई पार्टीभित्र कमजोर बनाउने भन्ने षड्यन्त्रको सिद्धान्त हो।
महोदयहरू, यो समय देउवालाई कमजोर बनाउन दाउ थाप्ने समय होइन। हिजो नेकपा नामको समीकरण पछि के भयोरु देशले के के गुमायो ?

लोकतन्त्र, संविधान, संसद र समृद्धिका उद्देश्यहरूलाई कुन शक्तिको आडमा ओलीद्वारा निमोठ्ने चेष्टा भयो ? राष्ट्र निर्माणको साढे तीन वर्षको समयमा कसरी क्षति हुन पुग्यो ? यसको पृष्ठभूमिमा कांग्रेस पंक्तिभित्रका हामीले सोच्नुपर्छ, समीक्षा गर्नुपर्छ। तब, तालमेलरगठबन्धनको सान्दर्भिकता र औचित्य भेट्न र देख्नलाई सजिलो हुन्छ।

कम्युनिस्ट गठबन्धनका लागि प्रयासहरू सुरु भएका थिए। यस्तो प्रयास राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै सुरु भएको थियो। एमालेका नेता घनश्याम भुसालले कान्तिपुर दैनिकमा लामो लेखै लेखेर कम्युनिस्टहरूको गठबन्धनरएकता हुनुपर्छ, नत्र समाप्त हुन्छौं भनेर उद्घोष गरेका थिए। त्यसको केही दिन भित्रै पोलिटब्युरो बैठकमा आधिकारिक प्रस्ताव लैजाँदै कम्युनिस्टहरूको गठबन्धन र एकताको प्रस्ताव राखेका थिए।

भोलिपल्ट पत्रकार सम्मेलन गर्दै अहिलेलाई गल्ती भएको छ, पछि समीक्षा गरौंला मात्र भन्ने हो भने एकताको आधार तय हुने भन्दै लामो व्याख्या गरेका थिए। महोदयहरू, एमाले घुमिफिरी सत्तामा पुगेर पुनः ओलीवाद लाद्न चाहन्छ। अर्थात् अहंकार, घृणा, तिरस्कार र तानाशाही लाद्नका लागि एमाले पुनः एकता नामको झूटको खेती गर्न चाहन्छ।

यता गठबन्धनका अगुवा नेता प्रचण्ड कांग्रेसले लखेट्न खोजे एमाले छ भन्दै तितो पोख्दै थिए। झलनाथ, माधव, वर्षमानहरूको अभिव्यक्ति लगातार कुनै न कुनै रुपमा कांग्रेस नभए एमालेको ढोका खुल्ला छ भन्नेतर्फ थियो। सूचना अनुसार गएको हप्ता कम्युनिस्टहरूलाई पुनः एक बनाउने चिनियाँ कम्युनिस्ट पार्टीको चासो अनुसार एमालेबाट विष्णु पौडेल र एकीकृत माओवादीबाट देव गुरुङ चीन पुगेका थिए।

कांग्रेसले हात नदिएको क्षण कम्युनिस्टहरू पुनः एक भएर निर्वाचनमा जाने सम्भावनाका दृष्टान्तहरूले कांग्रेसलाई लोकतन्त्र माथि लोकतान्त्रिक प्रक्रियाबाटै पर्न सक्ने पहिरोको पीरले गठबन्धनको औचित्य खोज्न बाध्य गराएको हो। हामीले यसै वैचारिकीबाट कांग्रेस नेतृत्वले लिएको तालमेलको निर्णयलाई पछ्याउनुपर्छ।

कांग्रेसभित्रको एउटा पंक्तिले चुनावी गठबन्धनको बाध्यता र महत्त्व नबुझ्नु या बुझेर पनि नबुझे झैं गर्नु चाहिं बेइमानी मात्र हो। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई कसरी बालुवाटारबाट बूढानीलकण्ठ पुर्‍याई पार्टीभित्र कमजोर बनाउने भन्ने षड्यन्त्रको सिद्धान्त हो।

ओलीले लोकतन्त्रको आवरणमा नेकपा भित्र र बाहिर स्टालिनको शैलीमा तानाशाही लाद्न खोजेको कुरा कुन शक्तिको आधारमा थियोरु स्थिर देशको नारामा अस्थिर देश किन र के कारणले गर्दा भयोरु सत्ता र शक्तिको लोभले कम्युनिस्टहरू फेरि एक भए, तिनै अकर्मण्यताहरू दोहोरिने निश्चित छैन ररु अनि देश उनीहरूकै अक्षमताका कारण कुशासन, तानाशाही र अस्थिरताको भूमरीमा अल्झिरहोस् ।

कांग्रेसले अहिले बुद्धिमत्तापूर्ण निर्णय लिएको छ। देशको गतिशीलताका लागि यो एक निर्वाचनमा प्रचण्ड लगायतका शक्तिहरूसँग मिलेर निर्वाचनमा जाँदा कांग्रेसको अहित छैन। कांग्रेस बूढानीलकण्ठ र सानेपामा खुम्चिंदा बालुवाटार र सिंहदरबार टेकाउने सारथि आखिर को थिएरु ठूलो हार पछाडि कांग्रेस कार्यकर्तामा नुहेको आत्मबल उकासिनुको कारण अहिलेको गठबन्धन नै होइन र ?

मानिसहरू प्रश्न गर्छन्, ‘सिद्धान्त मिल्ने दलसँगको गठबन्धन हो ररु सिद्धान्त र विचार मिल्ने दलसँग पो गठबन्धन हुनुपर्ने हो भन्छन्। के नेपाली कांग्रेस माओवादीको प्रचण्डपथमा लिप्त भएको होरु भनेर सोध्ने गर्छन्। महोदयहरू, सिद्धान्त र विचार केलाई भन्नेरु सिद्धान्तको माने के हो ?

कुनै पनि सिद्धान्तको ध्येय जनताको स्वतन्त्रता, सुख, शान्ति, उन्नति र आत्मसम्मान होइन ररु कम्युनिस्ट एकता भएर पहिलेकै जस्तो ओली राज्यले त्यसको प्रत्याभूति गर्छ कि, गठबन्धनका कारण कांग्रेसको नेतृत्वमा बन्ने राज्य सत्ताले त्यसको प्रत्याभूति गर्छ ? के कमरेड प्रचण्ड र माधवहरूले कांग्रेससँगको गठबन्धन मार्क्सवाद, माओवाद र साम्यवादका लागि हो भनेर कतै बोलेको हामी कसैले सुनेका छौँ ?

त्यस्तो सम्झौतामा कांग्रेस नेतृत्वले हस्ताक्षर गरेको हो र रु उनीहरूले पटकपटक भन्दैछन्, कांग्रेससँगको सहकार्य लोकतन्त्र, संविधान, संसद र संघीयताका लागि भनेर। उनीहरूले हामी भन्दा मुखर स्वरमा ओली प्रतिगमनको विरोध गरेका होइनन् र ?

नेपाली कांग्रेस माओवादी र माधवको गठबन्धनमा हुनुको मतलब मार्क्सवाद, माओवाद र साम्यवादको लक्ष्यमा हुनु होइन। कांग्रेस आफू हारेर पनि लोकतन्त्र र संविधानलाई जिताउन चाहन्छ, हाम्रो इतिहास र वर्तमानका तथ्यहरू जगजाहेर छैनन् र?

माओवाद र मार्क्सवाद भन्दै बन्दुक र मुट्ठी उठाउने माओवादीलाई कांग्रेसले नै होइन जनताको घर घरमा नमस्कार भन्दै भोट दिनुहोस् भन्ने ठाउँमा लेराएको। आखिर कांग्रेस नै त्यस्तो एक मात्र शक्ति हो, जसले सबै अतिवादी शक्तिहरूलाई आफ्नो लोकतन्त्रको राजनीतिक राजमार्गमा ल्याएको छ।

यो तालमेलरगठबन्धनका सैद्धान्तिक आधार र लक्ष्यहरू प्रष्ट र सामान्य छन् । जनताले देख्ने र बुझ्ने भाषामा छन्। ‘लोकतन्त्रको घुम्टोभित्र ओली झैं तानाशाही नहुनु हो। र, समय र परिवर्तनको गतिमा बयलगाडे नभएर प्रगतिशील र अग्रगामी हुनु हो।’

हामीले ओलीको राज्यमा भ्रष्टाचार, अहंकार, घृणा र तानाशाहीको थुप्रो सगरमाथा झैं अग्लो थियो भन्ने कुरा बिर्सनुहुन्न। कम्युनिस्ट एकता भएर ओलीको पुनः उदय हुनु भनेको देश पुनः त्यही नियतिमा फर्कनु हो। यो तालमेलर गठबन्धन लोकतन्त्र माथिको तानाशाही ओलीबाट हुने सम्भावित खतराका लागि हो।

संविधान, संसद र संघीयताका लागि हो। महिला, युवा, जनजाति, दलित, थारु, मधेशी र अल्पसंख्यकहरूको हक(अधिकार, मुक्ति र आत्मसम्मानका लागि हो। अन्धराष्ट्रवाद र अतिवादको बाढीलाई रोक्नका लागि हो।

भ्रष्टाचार, ज्यादती र अहंकारले ग्रस्त कुशासनलाई निस्तेज पार्नका लागि हो। संविधान प्रदत्त हकअधिकारहरूको रक्षा र सुनिश्चितता गर्नु नै यो गठबन्धनको संकल्प हो। सत्ता केवल निमित्त कुरा मात्र हो।

यो तालमेलरगठबन्धन विकास र समृद्धिका नाममा सम्भावित ओली कुतर्क र कुकर्महरूको रोकावटका लागि हो। बालुवाटारको खोपीमा बसेर कागजका निर्माण योजनाको उद्घाटन, भ्यू टावर, चाइनाको रेल र हिन्द महासागरमा झण्डा फहराउने पानीजहाज जस्ता ओली विकास र समृद्धिको जात्राबाट विकास र समृद्धिको नवीन, वैज्ञानिक र परिणाममुखी यात्राका लागि हो।

कांग्रेस महोदयहरू, कांग्रेसलाई निर्वाचन जित्ने कुरामा न शंका छ न द्विविधा। कांग्रेसको मत केवल भ्रष्टाचार, अहंकार, घृणा, निषेध र तानाशाहीको ओली मुखुण्डोले कुनै पनि बहानामा पुनः मुन्टो ठड्याउने आधार बन्नुहुन्न भन्ने हो।

जुन जुन शक्ति मिलेरस ओलीको प्रतिगामी सत्तालाई ढालेर संविधान र संसदलाई लोकतन्त्रको राजमार्गमा पुनः अवतरण गरेका थियौं ती सबै शक्तिहरूको एकता र हातेमालो नै अहिलेको सर्वोत्तम बाटो हो।

यिनै ओलीले होइन, तत्कालीन प्रधानमन्त्री देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर कांग्रेसलाई पचास वर्ष सत्तामा फर्किन दिन्न भनेकोरु यिनै ओलीले होइन संसदमा कांग्रेसलाई प्रतिपक्षी पार्टी नै नमान्ने भनेकोरु यिनै ओलीले होइन बोन भिटा खानु भनी कांग्रेसलाई गिज्याएको ?

यिनै ओलीले होइन संविधानत : उपसभामुख कांग्रेसलाई जान्छ भनेर विभिन्न बहाना गरेको ? यिनै ओलीले होइन संवैधानिक समितिमा कांग्रेसको उपस्थितिबिना निर्णय गर्ने आधार खोजेको ? यिनै ओलीले होइन कांग्रेसविरुद्ध अरिङ्गाल बनेर मण्डले शैलीमा जाइलाग भनेको ? र अस्ति यिनै ओलीले होइन कांग्रेसलाई १३ सिटमा झार्ने भनेको ?

यिनै ओली होइनन्, लोकतन्त्रका आधारभूत खम्बाहरूको समाप्त गरी अकन्टक सत्तामा बस्ने हेतुले हाम्रो फोन ट्यापिङ्ग गर्न विधेयक ल्याउनेरु बिहिबार नयाँ पत्रिका मा प्रकाशित समाचार अनुसार त्यो विधेयक आउनु भन्दा अगाडि नै खरिद प्रक्रिया अगाडि बढाइएको थियो र मेसिन खरिद गरेर केही फोनहरू ट्यापिङ्ग पनि गरिएको थियो।

यिनै ओलीले होइन भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्दै गोकुल, ईश्वर र ढकालहरूलाई क्याबिनेटमै राखेर उनीहरूको बचाउ गरेको ? यिनै ओलीले होइनन्, कोरोनाको कालो अन्धकार बीच अरुको पार्टी फुटाउन सांसद अपहरण गराएको ? यिनै ओलीले होइन कोरोना महामारीमा वैज्ञानिक तथ्यलाई काटेर हाच्छिउँ गरे कोरोना भाग्ने भन्दै भ्रम छरेर हजारौंलाई मर्न विवश गराएको ?

यिनै ओलीले होइन यती, ओम्नी, दुगड र वैद्यहरूसँग मिलेर मेडिकल सामग्री र खोपमाथि आर्थिक गडबडी गरेर हजारौंको ज्यान लिएको ? यिनै ओलीले होइन जीवन र मृत्युको घडीमा देश सम्झेर फर्किएका मजदुर नेपाली दाजुभाइहरूलाई महाकालीमा नाङ्गो शरीर हामफाल्न विवश गराएको ?

यिनै ओलीले होइन गरिब र दुःखी जनतालाई सयौं माइल भोको पेट र नाङ्गो खुट्टा हिंड्न् बाध्य बनाएको ? यो गठबन्धन यी सबै अपराध र गैरजिम्मेवार हर्कतहरूका लागि आगामी तीनै तहको निर्वाचनमा अहंकारी र तानाशाही ओलीलाई निर्मम तरिकाले दण्डित गर्ने औजार बन्नुपर्छ।

जुन जुन शक्ति मिलेरस ओलीको प्रतिगामी सत्तालाई ढालेर संविधान र संसदलाई लोकतन्त्रको राजमार्गमा पुनः अवतरण गरेका थियौं ती सबै शक्तिहरूको एकता र हातेमालो नै अहिलेको सर्वोत्तम बाटो हो। यो गठबन्धन तीनै तहको निर्वाचनसम्म लैजाने, कांग्रेसले जितेका सिटलाई सुरक्षित राख्दै थप सिट जित्ने र शक्ति आर्जन गर्नु पहिलो लक्ष्य हो।

अब नेतृत्वबाट तत्काल गठबन्धनको वैज्ञानिक ढाँचामा काम हुनुपर्छ। जस्तैः नेता तथा कार्यकर्ताहरूको पंक्तिमा पर्ने मनोवैज्ञानिक र सांगठनिक असर, उत्तम संकल्परउम्मेदवार र विकल्प छुट्याउने सर्वस्वीकार्य आधारहरू, मतदातालाई सामूहिक आह्वान र मन र व्यवहारको प्रतिबद्धता सहितको कार्यान्वयन जस्ता कुराहरूका लागि काम हुनुपर्दछ।

हामीले फुट्नु र जुट्नुबीचको सामान्य फरकलाई छुट्याउन सकेको खण्डमा यो गठबन्धनको महत्व, औचित्य, सिद्धान्त र विचारलगायत सबै कुरा देख्नेछौं। यो एक निर्वाचन सिरिज गठबन्धनमा रहेर अतिवादी ओलीलाई सदाका लागि ठोरीका रामकहाँ वनबास पठाउने संकल्प गरौं।

(लेखक नेविसंघको पूर्वमहामन्त्री हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?